शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रचण्डको प्रतिवेदन पढेपछि बाबुरामको टिप्पणी : कार्यकर्ता झुक्किने भए !


  • मंगलबार, पुष १३ २०७८
8.2K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन चलिरहेको छ।

पुस ११ देखि नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादीको महाधिवेशन जारी छ। महाधिवेशनमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए।
ती प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ।

उक्त प्रतिवेदन माओवादीका पूर्वनेता बाबुराम भट्टराईले पनि पढेर टिप्पणी गरेका छन्। भट्टराई माओवादीबाट अलगिएर नयाँ शक्ति हुँदै जसपामा अहिले संघीय परिषद अध्यक्ष छन्।

‘माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो,’ भट्टराईले भनेका छन्, ‘फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने भो, अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए! शुभकामना!’

उनले पपुलिज्म वामपन्थी वा दक्षिणपन्थी जुनसुकै खोलमा आए पनि त्यो समाजका लागि हानिकारक हुने उल्लेख गरेका छन्।

उनले जनतालाई नेताले बाटो देखाउनुपर्नेमा भ्रम छर्न खोजेको आरोपसमेत लगाएका छन्।

‘क्रान्तिकारी शब्दाडम्बरले झन् परिवर्तनका भोका उत्पीडित वर्ग र समुदायलाई दिशाहीन आवेगमा अल्झाएर बढी नोक्सान गर्छ। जिम्मेवार नेताले जनतालाई बाटो देखाउने हो, भ्रम छर्ने हैन,’ बाबुरामले भनेका छन्।

प्रचण्डले महाधिवेशनमा २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा