शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रचण्डको भाषणको वामदेवद्वारा प्रशंसा


  • सोमबार, पुष १२ २०७८
8.1K
SHARES

फाईल तस्बिर

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गरेका छन्।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीको आठौं महाधिवेशन उद्घाटन समारोमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी उनको प्रशंसा गरेका हुन् ।

सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन । कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन् । उनको तुलनामा प्रचण्ड एकदमै सुसंकृत र भव्य देखिनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा