शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रतिगमनलाई परास्त गर्न दलहरुबीच सहकार्यको खाँचो छ : राष्ट्रिय जनमोर्चा


  • आइतबार, पुष ११ २०७८
7.8K
SHARES

फाइल तस्विर

राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष दुर्गा पोखरेलले प्रतिगमनको खतरा कायमै रहेको जनाउँदै त्यसलाई परास्त गर्न दलहरुबीच सहकार्यको खाँचो रहेको जनाएकी छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले वैदेशिक हस्तक्षेपविरुद्ध पनि दलहरु एकजुट हुनुपर्ने खाँचो औंल्याइन् ।

उनले गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षतामाथि चौतर्फी हमला भएको भन्दै हरेक पार्टीको बीचमा थुप्रै मतभेद भए पनि त्यसको बीचबाट एकताको बाटो पहिल्याएर तमाम चुनौती सामना गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘हामीबीच राजनीतिक विवाद छन्, राष्ट्रियताका सामु दलीय फाइदा हेर्ने होइन । राष्ट्रियतालाई माथि राखेर सोच्दा राष्ट्रियताको सवालमा एक भएर दुरदर्शिताका आधारमा अघि बढ्न जरुरी छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा