शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

समाजवाद उन्मुख समाज निर्माण गर्ने आधार तयार गर्नु नै महाधिवेशनको मुख्य उद्देश्य : पम्फा भुसाल


  • आइतबार, पुष ११ २०७८
9.3K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य एवं ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले समाजवाद उन्मुख समाज निर्माण गर्ने आधार तयार गर्नु नै पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको मुख्य उद्देश्य हुने प्रस्ट पारेकी छन् ।

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै उनले समाजवाद उन्मुख समाज निर्माण गर्ने राजनीतिक र वैचारिक आधार निर्माण गर्नका लागि जारी महाधिवेशन महत्त्वपूर्ण हुने बताइन् ।पार्टीको राजनीतिक विचारधारा नयाँ तय गर्ने, संगठनलाई नयाँ रूप दिने र देशलाई पनि एउटा नयाँ बाटो लैजानका लागि महाधिवेशन केन्द्रित हुने उनको भनाइ थियो ।

पार्टीको राष्ट्रिय सम्मेलन भनेर आफूहरूले तयारी गरेर वडादेखि पालिका, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गरेको उल्लेख गर्दै नेतृ भुसालले भनिन्, ‘छलफल गर्दै जाँदा महाधिवेशनका लागि आवश्यक प्रक्रिया पूरा भएकाले हामी आठौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निष्कर्षमा पुग्यौँ ।’ संविधान कार्यान्वयनका चुनौती खडा भएको उल्लेख गर्दै उनले त्यसका विरुद्ध सहकार्य गर्ने परम्परा पनि अघि बढाएको चर्चा गरिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा