शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माओवादी महाधिवेशन प्रतिनिधिले खाना र बासको व्यवस्था आफैं मिलाउनु पर्ने


  • आइतबार, पुष ११ २०७८
8.3K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले महाधिवेशन अवधिभर खाना र बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने भएको छ । खाजाको प्रवन्ध भने पार्टीले नै मिलाउने महाधिवेशन मूल व्यवस्थापन समिति आयोजक हिमाल शर्माले जानकारी दिए ।

उनले भने, ‘प्रतिनिधिहरुले खाने, बस्ने व्यवस्था आफन्त, साथिभाइ र जनताको घरमा आफैं मिलाउनुपर्छ । खाजाचाहिं पार्टीले खुवाउँछ ।’

महाधिवेशनको व्यवस्थापनमा खटिएका एक नेताका अनुसार खाजाको रुपमा मासु, चिउरा, पनिर लगायतका मेनु तयार पारिएको छ । यद्यपि सकेसम्म हरेक दिन मेनु फरक-फरक बनाउने तयारी छ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट माओवादी प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । महाधिवेशनमा १६ सय बढी प्रतिनिधिहरू सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।

महाधिवेशनको उदघाटन समारोह आज अपराह्न तीन बजे प्रज्ञा भवन कमलादीमा हुने छ । त्यसपछि सुरु हुने बन्दसत्रमा राजनीतिक, सांगठनिक लगायतका प्रतिवेदन पेश हुनेछन् । प्रतिनिधिहरुलाई समूहमा विभाजन गरेर प्रतिवेदनमा छलफल गरिने छ ।

महाधिवेशन पाँच दिनसम्म चल्ने अनुमान छ । यसअघि राष्ट्रिय सम्मेलन गर्ने निर्णय हुँदा पुस ११ देखि १३ गतेसम्म सन्चालन हुने भनिएको थियो । माओवादीले अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा