शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेपालमा एमाले बाहेक अरू वामपन्थी पार्टीनै छैनन् : केपी ओली


  • आइतबार, पुष ११ २०७८
11.1K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दावी गरेका छन् ।

नेकपा एमाले झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उनले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले देश बनाउने नीति एमालेबाहेक अरु कसैसँग नभएको उल्लेख गर्दै एमालेले आफूलाई नै चिन्न आवश्यक भएको बताए । उनले अनेकौँ समस्याको सामना गरेर नेकपा एमालेले देश विकासको अभियानलाई उचाइमा पुर्याएको दाबी पनि गरे ।

चितवनमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनबाट अध्यक्ष ओलीसहित जिल्लाबाट केन्द्रीय समितिमा निर्वाचित सदस्य, जिल्लाका विभिन्न कमिटीमा निर्वाचित १४६ लाई सो अवसरमा नेकपा एमाले झापाको तर्फबाट सम्मान गरिएको थियो । पार्टी अध्यक्ष ओलीलाई एमाले झापाका तर्फबाट अभिनन्दनसमेत गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा