शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माओवादी केन्द्रको पदाधिकारी १५ सदस्यीय हुने


  • आइतबार, पुष ११ २०७८
8.9K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रको पदाधिकारी संख्या १५ हुने भएको छ। एक अध्यक्ष, १ वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी संख्या १५ हुने निर्णय भएको हो।

आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारी संख्या १५ पुर्‍याउने निर्णय गरेको हो।

अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ३ सचिवसहित पदाधिकारी संख्या १५ पुर्‍याउने निर्णय भएको केन्द्रीय सदस्य रामकुमार शर्माले जानकारी दिए।

आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेसँगै माओवादी केन्द्रले अधिवेशनको समयसमेत लम्ब्याउने निर्णय गरेको छ।

बैठकले राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि ११ देखि १३ सम्म हुने कार्यक्रम २ दिन थप गर्ने निर्णय गरेको हो।

महाधिवेशन हुने भएपछि विचारहरूको बहस अलिक धेरै गर्नुपर्ने भएकाले समय थपिएको केन्द्रीय सदस्य शर्माले जानकारी दिए।

यसअघि आजको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गरेको छ।

देशभरि नेतृत्व चयनको प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएको आधारमा यसलाई महाधिवेशन भन्ने निष्कर्षमा आफू पुगेको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराएका थिए।

शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले पनि सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।

२०६९ सालमा माओवादीले आफ्नो सातौं महाधिवशेन हेटौंडामा सम्पन्न गरेको थियो। त्यसयता पार्टीले महाधिवेशन गरेको थिएन।

महाधिवेशनको उद्घटान आइतबार ३ बजे काठमाडौंमा हुने भएको छ।

महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरेको छ।

एमाले अध्यक्ष केपी ओलीलाई प्रचण्ड आफैंले फोन गरेका थिए। जवाफमा ओलीले आफू झापा रहेको र सकेसम्म आउने नभए महासचिवलाई पठाउने जानकारी गराएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा