नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
राष्ट्रिय महाधिवेशनको सुरक्षार्थ एसपीको कमाण्डमा प्रहरीको टोली परिचालन गरिएको छ । सुरक्षाका लागि ३५० भन्दा बढी प्रहरी खटाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।
यसैगरी रानीपोखरी र दरबारमार्गका डिएसपीका कमाण्डमा रिजर्भ टोली पनि परिचालन गरिएको छ । नेपाल प्रहरीका साथै, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको टोली पनि कार्यक्रम स्थल र मुख्य सडक क्षेत्रमा खटाइएको छ । गतिविधि निगरानीका लागि सीसीटीभीबाट अनुगमनको व्यवस्थासमेत मिलाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
आन्तरिक व्यवस्थापनमा माओवादीको युवा संगठन वाईसीएल लगायत जनवर्गीय संगठनका स्वयंसेवक टोली खटाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।