शनिबार, साउन ९ २०८३
ताजा अपडेट

शनिको दोष हटाउन यी उपाय अपनाउनुहोस् !


  • शुक्रबार, पुष ९ २०७८
5.8K
SHARES

फाइल तस्विर

नव ग्रह मध्ये शनिको नाम आउनासाथ सबैको मनमा एक प्रकारको भय आउने गर्दछ । शनिको अढैय्या, साढे साती र यसको वक्र दृष्टिका कारण मानिसमा शनिको भय रहने गरेको छ ।

अहिले धनु, मकर र कुम्भ राशिमा साढे साती चलिरहेको छ । कुनै पनि जातकको कुण्डलीमा शनिको स्थिति कमजोर हुदाँ जातकले कष्ट सहनु पर्ने हुन्छ ।

तर शनि कष्टको मात्र नभई न्यायको देवता पनि हुन् । शनिलाई प्रसन्न गरेमा कृपा प्राप्त हुने गर्दछ ।

यसरी गर्नुहोस् शनिको व्रत

शनिको कृपा पाउनी शनिबारको व्रत चमत्कारिक उपाय साबित हुनेछ । शनिबारको व्रतको आरम्भ गर्दा शुक्लपक्षको शनिबारबाट थाल्नु पर्दछ ।

लगातार न्युनतम १९ वटा शनिबारको व्रत बस्नु पर्दछ । यदि ५१ वटा शनिबारको व्रत गरेमा उत्तम फल प्राप्त हुन्छ ।

– व्रतका दिन शनि साधकले बिहानै उठेर स्नान गर्नु पर्दछ ।
– त्यस पश्चात शनि मन्त्रको ३ वा १९ माला जप गर्नु पर्दछ ।
– शनिदेवको फलामको प्रतिमाको पञ्चस्नान गराउनु पर्दछ ।
– यदि पञ्चस्नान सम्भव नभएमा जलद्धारा स्नान गराउनु पर्दछ ।
– यस पश्चात पानीमा कालो तील, कालो फूल, ल्वाङ, चीनी, गंगाजल र दूधद्धारा पश्चिम तर्फ मुख पारेर पीपल देवलाई अर्पित गर्नु पर्दछ ।
– यस दिन सादा भोजनलाई साँझको प्रसाद पछि मात्र ग्रहण गर्नु पर्दछ ।
– प्रसाद लिनु भन्दा अगाडी कुनै पनि ब्राम्हणलाई दान गर्नु पर्दछ ।
– अन्तिम व्रतका दिन हवन गरेर शनि स्तोत्र पाठ गर्नु पर्दछ ।

शनिको प्रार्थना मन्त्र
सूर्य पुत्रो दीर्घ देहो विशालाक्षः शिवप्रियः ।
मन्दचारः प्रसन्नात्मा पीडां हरतु मे शनिः ।।

शनिको यस महामन्त्रको जप गर्दा शनिदेव चाँडैं प्रसन्न भइ साधकको सबै मनोकामना पुर्ण गर्दछन् ।

शनिको तंत्रोक्त मन्त्र
“ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः नमः ।

जप संख्या – २३ हजार जाप

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा