रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला परेका छन् । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार मृत फेला परेका हुन् ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् । प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।