शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

संसदमा बोल्न नपाइने, होहल्लाबीच कानुन पारित गर्ने कुरा लोकतन्त्र विपरित : भीम रावल


  • शुक्रबार, पुष ९ २०७८
9.3K
SHARES

फाइल तस्विर

एमालेका नेता भीम रावलले जनसरोकारको विषयमा सांसदहरुले बोल्न नपाउने तर सरकारले चाहे अनुसार कानुन पारित गर्न दिइरहेको भन्दै आलोचना गरेका छन्।

नेकपा एमालेले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको छ, तर सरकारले विभिन्न कानुनहरु नाराबाजीकाबीच पास गर्दै आएको छ।

त्यसलाई लक्षित गर्दै नेता रावले होहल्लाको बीचमा सरकारले चाहे अनुसार कानुन र महत्वपूर्ण विषय खुरूखुरू पारित गर्नदिने नीति र कार्यदेश, जनता र लोकतन्त्रको विरूद्धमा हुने उल्लेख गरेका छन्। यस्तो क्रियाकलापले देश कमजोर हुँदै जाने उनको भनाइ छ।

संसदमा राष्ट्रियता,जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ।यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ’ रावलले लेखेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा