नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १५० किलोको माला लगाएर स्वागत गरिएको छ। तामझाम सहित ओलीलाई बडेमानको माला द्वारा स्वागत गरिएको छ ।
पर्सा पुगेका अध्यक्ष ओलीलाई बिहीबार जगरनाथपुर गाउँपालिकामा १५० किलोको माला लगाएर स्वागत गरिएको थियो। पर्सा पुगेका ओलीलाई उक्त बडेमानको मालाले स्वाग गरिएको हो ।
जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीलाई नेकपा एमालेमा प्रवेश गराउन ओली त्यहाँ पुगेका थिए। हेलिकप्टर चढेर ओली पर्सा पुगेका थिए।
गाउँपालिका अध्यक्ष मियाँकै अग्रसरतामा अध्यक्ष ओलीलाई माला लगाइएको थियो। मियाँले २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष जितेका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।