शनिबार, साउन ३० २०८३
ताजा अपडेट

निधिलाई गृह प्रदेशमै धक्का, प्रदेश २ काँग्रेस सभापतिमा देउवा पक्षीय यादव निर्वाचित !


  • शुक्रबार, पुष ९ २०७८
7.9K
SHARES

फाइल तस्विर

काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव पराजित भएका हुन् ।

काँग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका  रामसरोज यादवलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ थियो । तर  कृष्णले १ सय ४१ मतान्तरले रामसरोजलाई पराजित गरे ।

कृष्णले ९ सय ९६ मत पाउँदा रामसरोजले ८ सय ५५ मत पाए । सभापतिमा कृष्ण निर्वाचित भएको औपचारिक घोषणा हुन् भने बाँकी छ । प्रथम प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान ९ बजेर ४० मिनेट देखि साझ ८ बजे सम्म मतदान भएको थियो ।

महाधिवेशन सकिएपछि भएको प्रदेश २ को अधिवेशनलाई देउवा र निधि-कोइराला पक्षले प्रतिष्ठाको लडाइका रुपमा लिएका थिए । महाधिवेशन सकिँदा नसकिँदै दुबै पक्षका नेताहरु दलबलका साथ प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा आएका थिए ।

कृष्णलाई जिताउन देउवा पक्षको नेतृत्व गृहमन्त्री बालकृष्ण खाणले गरेका थिए भने रामसरोजलाई जिताउन निधि आफै मैदानमा खटेका थिए । निधिलाई कोइराला समूहको बलियो साथ थियो । कोइराला समूहका महामन्त्री गगन थापा पनि जनकपुर आएका थिए  ।

कोइराला पक्षसँग मिलेर भएपनि निधिले प्रदेश २ आफ्नो पकडमा रहेको देखाउन चाहेका थिए । तर देउवा समूहसँग निधि कोइराला गठबन्धन पराजित भएको छ । यसले निधिलाई गृह प्रदेशमै धक्का लागेको छ ।

लामो समय देउवाको विश्वासपात्रका रुपका काम गरेका निधिले १४ औं महाधिवेशनमा विद्रोह गरेका थिए । देउवाविरुद्ध सभापतिको उम्मेदवार बनेका निधिले दोस्रो चरणमा भने देउवालाई नै सघाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा