
३० असार, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा गुरुपुर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम मंगलबार (भोली) हुने भएको छ ।
चाबहिलमा रहेको ए वान पार्टी प्यालेसमा प्याब्सकमा आवद्ध विद्यालयका शिक्षकहरुको उपस्थितिमा गुरुपुर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम हुने बताईएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको प्रमुख आतिथ्यमा गरिने उक्त कार्यक्रममा प्याब्सकमा आवद्ध विद्यालयका १८ शिक्षकलाई विशेष सम्मान गरिने प्याब्सकका कोषाध्यक्ष एवं ईसिए संयोजक राजन श्रेष्ठले बताए ।
कार्यक्रम दिउसो २ बजेदेखि सुरु हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।