८ पुस, काठमाडौँ ।
काठमाडौँको मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशनल कलेजमा एक दिने साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनको आयोजनामा टेक्ससमा अध्ययनरत विद्यार्थीहरूलाई साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
बिहान ८ बजेदेखि ९ बजेसम्म कलेजको हलमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूलाई बढ्दो सामाजिक सञ्जालको प्रयोगसंगै देखिएका समस्या तथा साइबर अपराध सम्बन्धी बनेका कानुनको विषयमा अभिमुख गरिएको थियो ।
वक्ताको रूपमा नेपाल प्रहरीका सञ्चार निर्देशनालयका पूर्व निर्देशक डा. राजीव सुब्बा, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनका सञ्चालक भिमधोज श्रेष्ठ, टेक्ससका आइसिटी हेड सुमन थपलिया रहेका थिए ।
वक्ताहरूले साइबर सुरक्षाका उपायहरू, साइबर कानुन, साइबर अपराध, अनावश्यक रूपमा इन्टरनेटको प्रयोग र त्यसका दुष्परिणाम लगायतका विषयमा जानकारी गराएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।