मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

संसद अवरोधले संघीयतानै अवरुद्ध हुने अवस्था आयो : मन्त्री बडु


  • बिहिबार, पुष ८ २०७८
8.5K
SHARES

फाईल तस्बिर

कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोधले संघीयतालाई बलियो बनाउने काममा अवरोध आएको बताएका छन् ।

बिहीबार संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले एमालेले गरेको संसद अवरोधका कारण संघीयतासँग सम्बन्धित विधेयकहरु पास हुन नसकेको बताए ।

संघीय निजामती ऐन पारित हुन नसक्दा प्रदेशले प्रदेश निजामती सेवासम्बन्धी कानुन बनाउन नसकेको भन्दै मन्त्री बडुले यसले संघीयता बलियो बनाउने काममा अवरोध आएको बताएका हुन् । ‘संघीय निजामती ऐन पास नहुँदा प्रदेशमा सेवा सञ्चालनमा नै कठिनाइ भएको छ’ उनले भने ।

त्यस्तै नागरिकता विधेयक पनि अघि बढाउन कुनै समस्या नभएको तर संसद अवरोधका कारण कठिनाइ भएको उनको भनाइ छ । ‘संसद सञ्चालनको बाटोमा गयौं भने संघीयता र नागरिकतासँग जोडिएका विधेयकहरु पारित गर्न सकिन्छ’ मन्त्री बडुले भने ।

मन्त्री बडुले समिति बैठकमा संसद खोल्न एमालेलाई आग्रह गर्न प्रस्तावसमेत गरे । ‘बरु सर्वसम्मत रुपमा संसद खोल्न भनौ न’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा