शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

मैले प्रचण्डलाई हात र साथ दिए, तर प्रचण्डले कुरा बुझेनन् अहिले ओरालो यात्रामा छन् : ओली


  • बिहिबार, पुष ८ २०७८
12.7K
SHARES

फाइल तस्विर

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थानमा आइपुगेको बताएका छन्। पर्सामा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन्। प्रचण्डलाई आफूले साथ र हात दिएर यो अवस्थामा भएको जिकिर गरेका ओलीले अब प्रचण्डको ओरालो यात्रा तय भएको समेत सङ्केत गरेका थिए ।

प्रचण्ड र माधव नेपाल उपर खनिँदै आएका एमाले अध्यक्ष ओली अहिलेका भाषणमा प्रचण्ड र माधव नेपाललाई गाली गर्दै आएका छन् । नेकपा फुटाउने प्रमुख भूमिकामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपालको अहम् भूमिका रहेको ओलीको बुझाई रहँदै आएको छ ।

उनले आज पनि प्रचण्डले कुरा नबुझेकै कारण ओरालो यात्रा गर्न सुरु गरेको तर्फ सङ्केत गरेका थिए । सम्बोधनको क्रममा उनले भने आफूले साथ दिँदा प्रचण्डले कुरा बुझेनन् । ओलीले तत्कालीन अवस्थामा आफू सरकारमा रहँदा विकासको लहर ल्याएको भन्दै वर्तमान सरकार जनताले चाहेको सरकार नभएको बताए।

ओलीले अहिलेको गठबन्धन सरकार जनताको हितमा नरहेको जिकिर गरे । उनले भने अहिलेको सरकार जनताको हितमा छैन । यो सरकार स्वार्थ उन्मुख रहेको भन्दै जनताको हितमा यो गठबन्धन नरहेको समेत बताएका छन् ।

पछिल्लो समय एमाले अध्यक्ष ओली माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी अध्यक्ष माधव नेपाल एउटै मञ्चमा समेत बस्न नमानेको आभास नेपाली जनतामा भएको छ । केही दिन अगाडि काँग्रेसको महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका त्रय नेता एक अर्कामा भाषणको क्रममै घोचपेचमा उत्रेका थिए ।

नेकपा फुट संगै माओवादी केन्द्र र एमाले आफ्नै बाटो लागे । ओली सरकार ढलेर मुलुकमा देउवा प्रधान मन्त्री भए । बिचमा माधव नेपाल समेत एमालेबाट अलग भएर समाजवादी दल घोषणा गरे सँगै एमाले अध्यक्ष ओली प्रचण्ड र माधव नेपाल सँग रुष्ट रहेका छन् । हरेक भाषणमा एमाले अध्यक्ष ओली प्रचण्ड र माधव नेपाल प्रति कटाक्ष गरेको पाइन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा