शनिबार, साउन ९ २०८३
ताजा अपडेट

स्व.पेम्वा शेर्पाको घेवा (पुजा) सोमबार गरिने


  • आइतबार, असार २९ २०७६
71.3K
SHARES

स्व. पेम्बा शेर्पा

स्व. पेम्बा शेर्पा

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको बाल अपांग टेवा संस्थाका अध्यक्ष एवं समाजसेवी डेण्डी शेर्पाको छोरा स्वर्गिय पेम्बा शेर्पाको घेवा (पुजा) जेठ ३० गते सोमबार गरिने भएको छ ।
असार १२ गते बिहिबार २२ वर्षको उमेरमा पेम्बा शेर्पाको मोटरसाइकल दुर्घटना परि निधन भएको थियो । शेर्पा संस्कार अनुसार स्वर्गिय पेम्बा शेपाको दिवंगत आत्माको चीर शान्तिको लागि घेवा (पुजा) गर्न लागिएको पारिवारिक श्रोतले बताएको छ ।


शेर्पा सेवा केन्द्र, बौद्ध, टुसालमा बिहान १० बजेदेखि घेवा (पुजा) सुरु गरिने बुबा डेण्डी शेर्पाले बताए । छोरा पेम्बा शेर्पाको दिवंगत आत्माको चीर शान्तिको कामनाका लागि आफन्तजन तथा स्व.पेम्बाको अन्तिम संस्कारमा आउनु हुने सम्पुर्णलाई अनिवार्य सहभागि हुनका लागि अनुरोध गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा