शनिबार, साउन ३० २०८३
ताजा अपडेट

तपाईँको लाइसेन्स प्रिन्ट भयो कि भएन ? मोवाइलबाटै थाहा पाउनुहोस् !


  • बिहिबार, पुष ८ २०७८
10.5K
SHARES

फाइल तस्बिर

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवा दिँदै आएको छ । धेरैलाई यो सेवाको बारेमा जानकारी नहुन सक्छ । तर एसएमएस बाटै सवारी चालक अनुमति पत्रको नतिजा थाहा पाउन सकिन्छ ।

स्पेरो एसएमएस प्रा लि र यातायात व्यवस्था विभागको सहकार्यमा लिखित परीक्षा, लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन सकिने एसएमएस सेवा सुरु बिगत लामै समय देखि सुचारु हुदै आएको छ ।

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT  लेखेर एउटा स्पेस छाडि एप्लिकेन्ट आईडी टाइप गरेर (WT ‹space› Applicant ID ) ३३००१ मा एसएमएस पठाउन सकिनेछ ।

एसएमएस पठाउनासाथ र्उित्तर्ण वा अनुत्तिर्ण भएको जानकारी एसएमएस पठाउने ब्यक्तीको मोबाइलमा आउने छ।

त्यसैगरी, आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउनका लागि LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC ‹space› Applicant ID) ३३००१ मा एसएमएस गर्न सकिनेछ । त्यसपछि लाईसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउनेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा