शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पुस अन्तिमदेखि ‘बुस्टर डोज’ खोप दिने सरकारको तयारी


  • बिहिबार, पुष ८ २०७८
7.6K
SHARES

फाइल तस्विर

सरकारले यही पुस अन्तिम सातादेखि कोभिड–१९ विरुद्ध ‘बुस्टर डोज’ खोप दिने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार विश्व स्वास्थ्य संगठनको अनुमति लिएर कोभिड–१९ को पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर डोज दिन यसअघि नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ ।

बुस्टर डोज पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र क्रमशः वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई लगाइने मन्त्री खतिवडाको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले कुल खोप लगाउने जनसंख्याको ५० प्रतिशतलाई पूर्ण खोप लगाइसकेपछि बुस्टर डोज सुरु गर्न सुझाव दिएको छ । नेपालमा पुस ७ गतेसम्म ४९.१ प्रतिशतले पूर्ण डोज र ६२.५ प्रतिशतले एक डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा