। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ गरेको छ ।
मंगलबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ ।
सीआईबी प्रमुख धिरजप्रताप सिंहले सुवेदी दम्पति पक्राउ परेको र म्याद थपका लागि अदालतमा पेश भएको स्वीकारे । ‘उहाँहरु लगायतमाथि सरकारी कागजात कीर्ते गरेको आरोपमा छानविन चलिरहेको छ, अनुसन्धानका क्रममा हामीले पक्राउ गरेका हौं’ डीआईजी सिंहले भने, ‘थप विवरण अनुसन्धानपछि खुल्दै जाला ।’
मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।
नक्कली कागजातका भरमा सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराएको र नक्कली मोही खडा गरेर जग्गा हत्याएको आरोपमा सुवेदीलाई सीआईबीले पक्राउ गरेको हो । उनीसँगै योजनाकार मानिएका शोभाकान्त ढकाल भने विशेष अदालतको आदेशका कारण थुनामा छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।