शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

संसदमा उठ्यो आरआर क्याम्पसका शिक्षक कुटिएको विषय


  • बुधबार, पुष ७ २०७८
11K
SHARES

फाइल तस्विर

आरआर क्याम्पसका शिक्षक कुटिएको विषय प्रतिनिधि सभामा उठेको छ।

ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बिएसडब्लु) को पहिलो वर्षका विद्यार्थीको आन्तरिक परीक्षा भइरहेको हलभित्र छिरेका विद्यार्थी कुवेर जेठाराले गार्ड बसेका लेक्चरर प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए।

नेमकिपाका सांसद प्रेम सुवालले शिक्षकलाई सात टाँका लगाउने गरी कुटिएको विषयमा शिक्षा मन्त्री र गृह मन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन्। यद्यपि उनले क्याम्पस प्रमुख कुटिएको उल्लेख गरे पनि कुटाइ भने लेक्चरर पुडासैनीले खाएका हुन्।

‘आरआर क्याम्पसका क्याम्पस प्रमुख कुटिएको र सात टाँका लगाइएको घटनाबारे शिक्षा मन्त्री र गृह मन्त्रीलाई बोल्न दिनु आवश्यक छ’, सुवालले भने।

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ। तर सभामुखले अवरोधका बीच कार्यसूची अगाडि बढाउने गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा