शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

धुर्मुस-सुन्तली : चन्दा सङ्कलन गरेर समाजसेवा गर्ने चरम महत्वकांक्षा, अहिले ऋणमा चुर्लुम्म !


  • बुधबार, पुष ७ २०७८
16.5K
SHARES

फाइल तस्विर

कलाकार धुर्मुस सुन्तली अर्थात् सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको समाजसेवा गर्ने चरम महत्वकांक्षाले अहिले चुर्लुम्म ऋणमा डुबेको उनिहरुका अभिव्यक्तिबाट प्रस्ट हुँदै गएको छ ।

भुकम्प गएपछि सहयोग सङ्कलन गरेर एकीकृत बस्ती निर्माण गरेर समाजसेवामा लोकप्रियता कमाएका उनीहरूको महत्त्वाकाङ्क्षा यसरी बढ्दै गयो । ५-७ करोडका प्रोजेक्ट गरेको अनुभव भएका उनिहरु एकाएक अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने भन्दै लगभग ३ अर्बको प्रोजेक्टमा हात हाले । सहयोग सङ्कलन गरेरै रङ्गशाला बनाउन कस्सिएका उनीहरू अहिले ऋणमा चुर्लुम्म डुबेका समाचार बाहिरीन थालिसकेका छन् ।

धुर्मुस सुन्तलि फाउन्डेसनले अब रङ्गशाला बनाउने काम बाट हात झिक्ने अवस्था आइसकेको छ । मागेर ३ अर्ब जुटाउन सजिलो थिएन । फेरी बिचमा भएको लकडाउनले उनीहरूलाई झनै अप्ठ्यारो अवस्था ल्याइदियो ।

सहयोगीकै देनमा उनीहरुले पहरी बस्ती, महोत्तरीको बर्दिबासमा एकीकृत बस्ती र रौतहटको सन्तपुरमा एकीकृत नमुना बस्ती बनाए । सुरुमा ‘धुर्मुस–सुन्तली एकीकृत बस्ती’ नाम राखेर उनीहरूले गिरान चौरमा बस्ती बनाएपछि सहयोगीहरू बढ्न थालेका थिए र पछि एकीकृत बस्ती बासाउदै गर्दा उनिहरुमा क्रिकेट रङ्गशाला बनाउने ठुलो महत्वकांक्षा सवार भयो ।

बस्ती बसाउनु भन्दा ठुलो लगानी लाग्ने भएका कारण मागेर मात्र यो सम्भव थिएन र अहिले रङ्गशाला बनाउन सरकारले पहल गर्नु पर्ने भन्दै धुर्मुस सुन्तलीले जतिसक्दो चाँडो हात झिक्ने पक्षमा देखिन्छन् ।

सन्तपुर बस्ती बनाउँदा ५ करोड ९५ लाख सहयोग उठेकोमा ५ करोड ५४ लाख खर्च भएको धुर्मुस–सुन्तली फाउन्डेसनको विवरणमा उल्लेख छ । मुसहर बस्ती बनाउन ७ करोड ६३ लाख सहयोग उठेकोमा ५ करोड ४ लाख खर्च भएको र गिरान चौर बस्तीका लागि ६ करोड १८ लाख रुपैयाँ सङ्कलन भएको र त्यसमध्ये ५ करोड १३ लाख रुपैयाँ खर्च भएको विवरण फाउन्डेसनमा छ । पहरी बस्ती बसाल्न ६७ लाख २० हजार सहयोग उठेको र यो रकम सबै खर्च भएको बताइन्छ ।

यसरी साना पैसा उठाएर समाजसेवाको रुपमा करोडका ४ वटा प्रोजेक्ट सकेका धुर्मुस–सुन्तली सिँधै अर्बको प्राजेक्टमा हात हाल्न पुगे । क्रिकेट रङ्गशालाको लागत ३ अर्ब अनुमान गरिएको थियो ।

तर, यो सबै रकम बस्ती बसाउन आउने सहयोग रकम जसरी नै आउँछ भन्ने सोचे । सोचेअनुसार रकम सङ्कलन भएन । अहिले अप्ठ्यारो अबस्थामा धुर्मुस सुन्तली पुगेको बताइन्छ ।  रंगाशालाको काम अहिलेसम्म ३५ प्रतिशत सकिएको छ । यसो हुनुमा आर्थिक सङ्कटनै सबैभन्दा पहिलो कारक बनेको छ । बस्ती बसाउन रकम सङ्कलन गरेकै मोडल अपनाउँदा उनीहरूले १ अर्ब पनि सङ्कलन गर्न सकेनन् ।

दाताको सहयोग र सरकार विभिन्न तहका सरकार बाट सङ्कलन भएको ५४ करोड खर्च गरे । उनीहरूले यो बाहेक उदारो सामान किनेको ठाउँमा १६ करोड ऋण तिर्न बाँकी रहेको बताउँदै आएका छन् । अहिले जतिसक्दो चाँडो सरकारले स्वामित्व ग्रहण गरोस भन्नेमा रहेको बुझिन्छ ।

भसक्कै समाजसेवी भएको दम्भले अर्बको प्रोजेक्ट जुन सरकारले गर्नु पर्ने थियो लहडमा हात हालेका धुर्मुस सुन्तलीले अन्तिममा हात उठाउनु पर्ने अवस्था आइसकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा