कुमारी बैंकको १९ करोड प्रकरणमा सरकारी वकिल कार्यलयले बैंकिंङ कसुर मुद्दा नचलाउन निर्देशन दिएको छ। सुरुमा लिखत सम्बन्धि किर्ते मुद्दा थालेपनि पिडित पक्ष नभेटिएपछि १९ करोड कर्जा जारी हुनुमा को-कसको कस्तो संलग्नता छ भन्नेबारे थाहा पाउन केन्द्रिय प्रहरी अनुसन्धान ब्युरो सीआईबि ले बैंकिंङ कसुर मुद्दा अगाडी सारेको थियो।
कीर्ते मुद्दामा अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएपनि जिल्ला सरकारी वकिलको कार्यालयले बैकिङ कसुरमा अनुसन्धान गर्न प्रहरीलाई थप समय दिएको थियो। तर बुधबार अर्थात मङ्सिर २९ गते सरकारी वकिल कार्यलयले बैंकिंङ कसुर मुद्दा नचलाउन निर्देशन दिएको हो।
सरकारी वकिल कार्यलयले बैंकिंङ कसुर मुद्दा नचलाउन निर्देशन दिएसंगै माथिल्लो तहबाट कर्जा स्वीकृत भयो वा मिलोमतोमा स्वीकृत भयो भन्ने अन्यौलता पनि अब स्पष्ट भएको छ। यहि प्रकरणलाई लिएर बैंकका प्रमुख कार्यकारी अधिकृत, डेपुटी प्रमुख कार्यकारी अधिकृत लगायतमाथि पनि अनुशन्धान थालिएको थियो।
बैंकिंङ कसुर मुद्दा नचलाउने निर्देशनले लिखत सम्बन्धि किर्ते मात्रै भएको र यसमा संलग्नलाई मात्र कारबाही भएकाले बैंकिंङ कसुरको अनुसन्धानमा तानिएका कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र डेपुटी सीईओ मानिस तिमिल्सेना निर्दोष साबित भएका छन्।
लिखत सम्बन्धित कसुरमा जिल्ला अदालत काठमान्डूले मङ्सिर १५ गते आफ्नो निर्देशन सुनाएको हो। उक्त निर्देशनअनुसार गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर १९ करोड कर्जा लिने डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन, मुक्तिनाथ गौतम र कुमारी बैंकका बारा शाखाका लोन म्यानेजर सोनु ठाकुरलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश भएको छ भने कागजात सहि हो भनेर कर्जा दिनलाई प्रस्ताव गर्ने धितो मुल्याङ्कनकर्ता राजेश्वर चौरसियालाई १ लाख धरौटीमा रिहा गरिएको छ।
त्यस्तै यहि प्रकरणसँग जोडिएका कुसल प्रधान हाल अस्पतालमा उपचारको क्रममा भएकाले उनीसंगको अनुसन्धान पश्चात मात्रै उनिबारे अदालतले निर्देशन दिने भएको छ।