शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

केपी ओली आफ्नै क्षेत्रमा चुनाव हार्ने देखियो लक्षण, लिङदेनले ४०० भन्दा धेरै कार्यकर्ता राप्रपा प्रवेश गराए !


  • सोमबार, पुष ५ २०७८
10.7K
SHARES

फाइल तस्विर

कांग्रेस माहाधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलार्य भर्खर जन्मेको बाच्छो धेरै चुरीफुरी गर्छ भन्ने कटाक्ष गरेको सेलाउन नपाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन केपी ओलीको निर्वाचन क्षेत्रमा सक्रिय भएका समाचार बाहिरिएका छन् ।

ओलीको निर्वाचन क्षेत्र झापामा राप्रपा अध्यक्ष लिङदेनले चार सय भन्दा धेरै एमाले कार्यकर्तालाई राप्रपा प्रवेश गराएको बजार हल्ला छ । एमाले र राप्रपाको तालमेलमा गएको चुनावमा ओली र लिङदेन दुवैले चुनाव जितेका थिए ।

ओलीको कटाक्षलाई काम बाटै देखाइदिने रणनीति सहित राप्रपा अध्यक्ष लिङदेन मैदानमै खटिएको बताइएको छ । झापामा ओलीको निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रम गरी एमाले कार्यकर्ताहरूलाई राप्रपामा  प्रबेश गराउने अभियानमा लिङदेन लागेको बताइएको छ ।>

निर्वाचनको सङ्घारमा ओलीको क्षेत्रमा राप्रपाको गतिबिधि बढ्दै गए एमाले अध्यक्ष ओलीलाई अप्ठ्यारो पर्न सक्ने बताइन्छ । हिन्दु राज्य र राजसंस्थाको मुद्दा बोकेर हिँडेका लिङदेन जनतामा लोकप्रिय बन्दै गएको देखिन्छ ।

६ महिनाभित्र समान विचारधारा भएका पार्टी र संघसंगठनलाई एकता प्रक्रियामा सहभागी गराउने उद्घोष गरेका लिङ्देनले झापामा मूलतः संगठन सुदृढीकरण र ओलीको क्षेत्रमा आफ्नो प्रभाव देखाउन दौडधूप बढाएको राप्रपा नेताहरु बताउँछन् । ओलीको निर्वाचन क्षेत्र झापा ५ हो भने लिङ्देन ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा