शनिबार, साउन ३० २०८३
ताजा अपडेट

केपी जस्तो ज्याद्रो अरु छैन, ओली वामपन्थ होइनन रामपन्थ हुन् : माधव नेपाल


  • सोमबार, पुष ५ २०७८
8.1K
SHARES

फाइल तस्विर

नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले अध्यक्ष ओली ज्याद्रो मान्छे भएको बताएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई चिन्नै नसकेको बताएका छन् ।

समाजवादी प्रेस संगठनको आयोजनामा भएको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रममा अध्यक्ष नेपालले तत्कालिन नेकपाभित्र आएको विवादबारे चर्चा गर्दै प्रचण्ड सोझो भएर ओलीले जे भन्यो त्यही गर्दै गएको बताएका हुन् ।

केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई प्रचण्डले चिन्नै सक्नुभएन’, अध्यक्ष नेपालले नेकपाभित्रको विवाद र केपी ओलीको व्यवहारको व्याख्या गरे । अध्यक्ष नेपालले ओलीले पटक पटक संसद विघटन गरेर र नेकपालाई विभाजन गरेको भन्दै उनी वामपन्थ नभएको टिप्पणी गरे ।

केपी ओलीको वामपन्थ होइनन रामपन्थ हुन् । अग्रगमन होइन, प्रतिगमनको नारा लगाउदै यथास्थितिको पक्षमा उनले समाजवाद मन पराउँदैनन् ।’ उनले सत्तारुढ गठबन्धन ५ वटै पार्टी अग्रगमनका पक्षपाती भएको भन्दै प्रतिगमनका हिमायती केपी ओली भएको बताए ।

उनले विदेशीको इशारामा चल्ने एकातिर र अग्रगमनको दिशामा चल्नेहरू अर्कोतिर हिँडिरहेको समेत बताए । नेता नेपालले गठबन्धनले राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनमा संयुक्त रुपले अघि बढ्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा