शनिबार, साउन ९ २०८३
ताजा अपडेट

केपी ओली अदालतको फैसला मान्दिन भन्दै ठूल्ठूला स्वरले चिच्याई रहेको सुनिन्छ : नेपाल


  • सोमबार, पुष ५ २०७८
11.1K
SHARES

तस्विरः फाइल

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेले सर्वोच्च अदालतको फैसला विपरीत संसद् अवरुद्ध पारिरहेको बताउँदै सर्वोच्च अदालतको फैसला मान्दिन भन्दै चिच्याई रहेको आरोप लगाएका छन् ।

हिजो आइतबार एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्विप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरीत गएर एमालेले संसद् अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीको संसद् अवरुद्ध गर्ने कार्य असंवैधानिक भएको टिप्पणी गरेका छन् ।

जुन व्यक्तिले विधि, विधानलाई मान्दैन। संविधानको प्रावधानलाई स्वीकार गर्दैन। कानुनी शासनको मान्यतालाई अंगिकार गर्दैन। अदालतको आदेशलाई स्वीकार गर्दैन। अदालतमा विचाराधिन मुद्दामाथि बहस गर्न पाईदैन। छलफल गर्न पाईदैन संसदमा। ती विषय संसदमा ल्याउन पाईदैन भन्ने मान्यतालाई कुल्चिन खोज्छ। त्यही ठूल्ठूला स्वरले कराईरहेको, चिच्याईरहेको सुनिन्छ’, नेपालले भने, ‘नेपालीमा एउटा उखान छ–जो चोर उसैको ठूलो स्वर।’

हाम्रो पार्टीको निर्माण हुनुभन्दा पहिले नै सर्वोच्च अदालतमा हामीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेका थियौं। त्यतिखेर जब हामीले उहाँको नाम अगाडि सारेका थियौं। सारिसकेपछि अदालतले फैसला गर्‍यो। त्यो फैसलामा प्रक्रियामा संविधानको धारा ७६ को उपधारा ५ अन्तरगत गठन हुने नयाँ सरकार यस प्रक्रियामा कसैले सहभागी भयो भन्दैमा, विरोधको कुरा उठायो भन्दैमा वा फरक मत राख्यो भन्दैमा ह्वीप उलंघन लाग्दैन। अदालतले गरेको आदेशमा लेखिएको छ’, उनले अगाडि भने, ‘त्यस्तो अवस्थामा ह्वीप लाग्दैन।

अदालतको फैसलालाई सम्मान गर्नुपर्ने हुन्छ। कानुनी राज्यको मान्यतालाई स्वीकार गर्नेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्नुपर्ने हुन्छ। तर केपी ओलीको यो गुट कसैले फैसलालाई मान्य पक्षमा छैन। जनताको जनादेशलाई पनि स्वीकार गर्दैन। कानुनलाई वास्ता गर्दैन। संविधानलाई उसले चुनौति दिने काम गर्छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा