सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

नोमिनेशनको अघिल्लो दीन राती ११ बजे सम्म मैले रामचन्द्रलाई सभापति मानौँ भनेकै हो : शेखर


  • आइतबार, पुष ४ २०७८
12.5K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सभापतिको निर्वाचनको अघिल्लो रात ११ बजे सम्म मैले रामचन्द्र पौडेललाईनै सहमतिको संस्थापन इतरबाट सभापति उठ्नुहोस् भनेकै हो । तर संस्थापन इतरमा सहमति नभएको बताएका छन् ।

प्रकाशमान  सिंह रामचन्द्र पौडेल र शशाङ्क कोइरालाले समर्थन नगरेको अधस्थमा आफुले हार बेहोर्नु पर्ने अवस्था आएको बताएका छन् । नेतृत्व रूपान्तरणको मुद्दा लिएर हिँडेको बताएका शेखर कोइरालाले रामचन्द्र पौडेलले समेत खुलेर सहयोग नगरेको बताएका छन् ।

प्रकाशमान जी र रामचन्द्र पौडेलले मलाई नतृत्व परिवर्तनका लागि सहयोग गर्नु पर्ने थियो तर त्यो हुन सकेन । मलाई समर्थन नभएकै कारण आफूले हार बेहोर्नु परेको तर प्रतिनिधिले आफूलाई दिएको मतको अवमूल्यन नगर्ने र निरन्तर रूपान्तरणको मुद्दा उठाएर काँग्रेसलाई रूपान्तरणको बाटोमा लगाउने बताएका छन् ।

नेता शेखरले आफूले परिवारमा भाइ र बहिनिलाई समेत मिलाउन नसकेको आफ्नू कमजोरी भएको समेत उनले बताएका छन् । सशङ्क कोइराला र सुजाता कोइरालालाई समेत आफुले सम्झाउन नसकेको समेत नेता शेखरले बताएका छन् ।

सुजाता लाइ र सशङ्कलाई अझ वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान बिमलेन्द्र निधिलाई समेत आफूले सम्झाउन नसकेको नेता शेखरले बताएका छन् । आफुले कार्यकर्ताबाट माया पाएको तर नेताहरूले आफ्नो लोकप्रियता स्विकार गर्न नसकेको समेत बताएका छन् । कलेज अवस्थामा विद्यार्थी आन्दोलन देखिनै काँग्रेसको राजनीतिमा लागेको बताएका शेखरले कसले के भन्यो भन्दा पनि कार्यकर्ताले आफूलाई माया गरेको बताएका छन् ।

इमेज टेलीभिजको अन्तरवार्ताको क्रममा नेता शेखर कोइरालाले आफु विरासतको राजनीतिमा बिस्वास नगर्ने  समेत बताएका छन् । तर उनले सुजाता र शेखरले समर्थन नगरेको चाही उनले सङ्केत गरेका थिए । उनले आफू सभापति नभएपछि आफुले कार्यकर्ताको मत जितेको र कार्यकर्ताबाट माया पाएको उनले उल्लेख गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा