शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेदरल्याण्डमा अहिलेसम्मकै कडा लकडाउन, नेपालमा हुने सम्भावना कति ?


  • आइतबार, पुष ४ २०७८
10.1K
SHARES

फाइल तस्विर

कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनले नेदरल्यान्डमा कडा लकडाउन घोषणा गरिएको छ । नेपालमा पनि ओमिक्रोन भेरिअन्ट दुई विदेशी नागरिकलाई भेटिएको थियो । नेपालमा ओमिक्रोन फैली नसकेको कारण अहिल्यै लकडाउन हुने सम्भावना भने छैन । तर ओमिक्रोन फैलिन नदिन विशेष सावधानी अपनाउन स्वस्थे मन्त्रालयले सजगता अपनाउन सबै नागरिकलाई अनुरोध गरेको छ । कोरोना भाइरसको डेल्टा भेरिअन्ट पछि अहिले ओमिक्रोनको त्रास बढेको छ । बिस्वा स्वास्थे   सङ्गठनले सबैलाई स्वस्थ मापदण्ड पालना गर्न अनुरोध गरी सकेको छ ।

नेदरल्याण्डले ओमिक्रोनको त्रासका बीच क्रिसमसमा कडा लकडाउनको घोषणा गरेको छ । अति आवश्यकमा नपरेका पसल, बार, जिम, हेरयड्रेसर र अन्य सार्वजनिक संस्था जनवरीको मध्यसम्म बन्द हुनेछन् । चार दिनको बिदामा प्रत्येक घरमा दुईजना व्यक्तिलाई पाहुना लाग्न अनुमति दिइने छ । प्रधानमन्त्री मार्क रुथले यी उपायहरु अपरिहार्य भएको बताए ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट अत्यधिक रुपमा फैलिन सुरु भएपछि युरोपेली देशले प्रतिबन्धलाई कडा पारेका छन् । हालसम्मकै सबैभन्दा कडा मानिएको नेदरल्याण्डको नयाँ नियम आइतबारदेखि लागू हुनेछ ।

‘म आज यहाँ निकै उदास मूडमा उभिइरहेको छु, मलाई हेरिरहेका धेरै मानिसले पनि यस्तै महसुस गर्नेछन्,’ रुथले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने । ‘यसलाई एक शब्दमा भन्नुपर्दा, नेदरल्याण्डमा भोलिदेखि लकडाउन लागू गरिनेछ ।’

नयाँ नियम अनुसार मानिसलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरिएको छ । १३ वर्ष र सोभन्दा माथिका दुई जनालाई आफन्तकोमा जान अनुमति दिइनेछ । यस्तै २४ र २६ डिसेम्बर र नयाँ वर्षको पूर्व सन्ध्या र नयाँ वर्षको दिनमा चारजना व्यक्ति आफन्तको घरमा जान पाउनेछन् ।

अन्तिम संस्कार, ग्रोसरी बेच्न साप्ताहिक रुपमा लाग्ने बजार र दर्शक बिनाका व्यावसायिक खेल प्रतियोगिताबाहेक अन्य कार्यक्रमका लागि अनुमति दिइने छैन ।

जनवरी ९ सम्म सबै स्कूल बन्द हुनेछन् भने लकडाउनका अन्य प्रतिबन्ध १४ जनवरीसम्म लागू हुनेछ ।

रेष्टुरेन्ट टेकअवे सेवाका लागि खुल्ला रहन सक्नेछ र अति आवश्यकतामा नपरेका पसलले ‘क्लिक एण्ड कलेक्ट’ को अफर प्रदान गर्न सक्नेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा