बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

प्रचण्ड-माधव अवसरवाद प्रवृत्ति विरूद्ध घन ठोक्ने एमाले महासचिव शंकर पोखरेलको उद्घोष !


  • आइतबार, पुष ४ २०७८
10.4K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अवसर बादी चरित्र उपर घन ठोक्न कार्यकर्तालाई उद्घोष गरेका छन् । प्रचण्ड र माधव नेपाल अवसर बादी चरित्र बोकेर हिँडेको तर्फ सङ्केत गर्दै अवसर बादी चरित्रले मुलुक सबृद्द नहुने तर्फ उनको अभिव्यक्ति लक्षित थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा आयोजना भएको दंगाली कम्युनिष्ट नेता स्वर्गीय श्रीमनी आचार्यको १४ औं सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रचण्ड र नेपाललाई अवसरवादको संज्ञा दिँदै आगामी निर्वाचनमा उनीहरूको प्रवृत्तिका विरूद्ध घन ठोक्न आह्वान गरेका हुन्।

‘परिवर्तनका ठूला–ठूला कुरा गर्ने र आफ्नो स्वार्थमा धक्का पुग्यो भने सबभन्दा बढी परिवर्तन विरोधी जो छ उसैकासामु लम्पसार पर्ने माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको प्रवृत्तिविरूद्ध विजय हासिल गर्न जरूरी छ,’ पोखरेलले भने, ‘यो प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलन भाग्य र भविष्यविरूद्धको प्रवृत्ति हो।’

प्रचण्ड-नेपालले जनतासँग भोट माग्दा नेपाली कांग्रेसलाई हराऔं भनेर मागे पनि जितेपछि कांग्रेसलाई प्रधानमन्त्री बनाउन हिँडेको हुँदा उनीहरू कम्युनिष्ट आन्दोलनविरूद्ध रहेको उनले बताए।

‘यस्तो प्रकारको जनमतमाथि गद्दार गर्ने नेताहरूलाई सजाय नदिने हो भने भोलि फेरि अवसरवाद टाउको उठाएर सामुन्ने आउन सक्छ,’ महासचिव पोखरेलले भने, ‘त्यसैले त्यस प्रकारको दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्न जरूरी छ।’

पोखरेलले नेपाली कांग्रेसको नेतृत्व गरिरहेका शेरबहादुर देउवा र एमालेको नेतृत्व गरिरहेको केपी शर्मा ओली दुई कित्तामा मात्रै राष्ट्रिय राजनीति विभक्त भएको हुँदा अन्य ‘भुरेभारे’ पार्टीको औचित्य नरहेको तर्क गरे।

महासचिव पोखरेलले प्रचण्ड(नेपाललाई कम्युनिस्ट विरोधी बैरीको संज्ञा दिँदै कुनै पनि हालतमा प्रचण्ड र माधव नेपालहरुले चुनाव जित्न नहुने उनको तर्क रहेको थियो । भाषणको धेरै समय प्रचण्ड र माधव नेपाल उपर खनिएका नेता पोख्रेलले आगामी निर्वाचनमा एमालेको स्पष्ट बहुमत आयो भने मात्रै मुलुकले गति लिने सङ्केत गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा