शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

हिजो किसुनजीलाई अन्तर्घात गर्ने हरू आज ‘म’ प्रति परिचालित छन् : नेता प्रकाशमान सिंह

गणेशमानजीलाई पार्टी छोड्न बाध्य पर्ने हरू 'म' उपर परिचालित भए


  • शुक्रबार, पुष २ २०७८
21K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका नेता पूर्व महामन्त्री प्रकाशमान सिंह आसन्न काँग्रेसको महाधिवेशनमा सभापतिको आकाङ्क्षी थिए । महाधिवेशनको अघिल्लो दिन सम्म उनी रामचन्द्र पौडेल समूहमा थिए ।

पौडेल समूहमा पौडेल पछि नेता सिंह दोस्रो दर्जामा गनिन्थे । ६५ बर्से सिंह मुलुकको उपप्रधानमन्त्री समेत भइसकेका, शुसील कोइरालाको नेतृत्वमा संविधान निर्माण गर्दा अतुलनीय भूमिका निर्वाह गरेका नेता समेत हुन् ।

पौडेल समूहमा संस्थापन इतर पक्षबाट सभापतिको साझा उम्मेदवार दाबी गरेका सिंह पछि एक्लै सभापतिको मैदानमा होमिए । उनलाई पौडेल समूहमा कुनै पनि नेताले सभापतिको उम्मेदवारको रूपमा नामनै लिन नमानेको उनको दाबी छ ।

नेतृत्व परिवर्तनको मुद्दा बोकेर संसदीय दलमा देउवा सँग दलको नेताका लागि लड्दा समेत पौडेल समूहका साथीहरूले मलाई भोट नहाल्ने अनि अहिले आएर नेतृत्व परिवर्तनको मुद्दामा प्रकाशमानले साथ दिएन भनेर हल्ला गर्दै हिँड्ने ? भन्दै प्रकाशमानले आक्रोश पोखेका छन् ।

१३ औँ महाधिवेशनमा पार्टी सभापति देउवाजीलाई सहयोग गर्ने पनि उहाहरुनै हैन ? भन्दै रामचन्द्र पौडेल समूहले आफुलाई अन्याय गरेको उनको दाबी छ । उनले भनेका छन् न्यायसङ्गत काम गर्नु पर्छ ।

सभापतिको मत परिणाम पछि केटीएम खवर कर्मी सँगको कुराकानिको क्रममा उनले प्रश्न गरेका छन् ।  संस्थापन इतर समूहमा म कुन योग्यतामा कमी थिए र मेरो सभापतिका लागि नाम लिन रामचन्द्र पौडेल समूहका नेतालाई गारो भएको थियो ?

उनले भनेका छन् । नेतृत्व परिवर्तनको पक्षमा  शेखरजी कुनै हालतमा हुनुहुन्न थियो । अघिल्लो दिन मध्यरातसम्म मलाई रामचन्द्र दाईको उपसभापति बस भन्दै प्रेसर दिने अनि प्रकाशमान नेतृत्व परिवर्तनको पक्षमा थिएन घात गर्‍यो भन्दै प्रचार बाजीमा हिँड्ने ?  म सभापतिको लागि योग्य भइन ठिक छ, तर मेरो नाममा छलफल नै गर्न नहुने चाही कुन कारण थियो ?

नेता सिंहले भनेका छन् न्यायसङ्गत काम पौडेल समूहका नेताहरूले नगरेकै कारण सभापतिमा पराजय निश्चित हुँदा हुँदै पनि अन्याय सहन गर्न सकिन र सभापति उठे । म संग सुजाताजी र बिश्वप्रकाशजी आउनु भयो ।

प्रतिनिधिहरूको भावना अनुसार पहिलो चरणमा सबैभन्दा धेरै मत देउवाजीले ल्याउनु भयो । उहाँले पार्टी सुधार्ने बचन दिनु भयो त्यसैले मैले समर्थन गरेको हुँ ।  म शेखर कोइराला भन्दा हिजो आज र भोलि  पनि हरेक दृष्टिकोणबाट सिनिएर हुँ ।

युवाका कुरा उठेका छन्, म ६५ वर्ष पुगे शेखरजी ७१ पुगेको समाचारमा पढे अब म युवा की शेखरजी युवा ?  तर उमेरले हैन काम बाट मान्छे युवा हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको समेत नेता सिंहको दाबी छ ।

उनले भनेका छन् म स्पष्ट भन्दै छु गणेशमानको परिवारमा नेतृत्व पुग्यो भने हाम्रो अस्तित्व सकिन्छ भन्ने दूषित मानसिकताबाट मलाई रोकियो ।

अहिले पनि काँग्रेसमा दूषित मानसिकता भएका हिजो किसुनजीलाई अन्तर्घात गर्ने र गणेशमानजीलाई पार्टी छोड्न बाध्य पर्ने हरू म उपर परिचालित छन् । लोकतान्त्रिक पार्टी भएको हिसाबले जनताको अभिमत र पार्टीका साथीहरूको अभिमत स्विकार्छु ।

मैलै पार्टी नेतृत्व परिवर्तन भनेकै हो । पार्टीलाई गति दिने बचन सहित हिजो उठाएका मुद्दालाई म पार्टीमा स्थापित गर्छु भन्ने बचन मलाई पार्टी सभापतिले दिनु भएको छ ।

नयाँ ऊर्जावान् युवा नेताहरूको उदय भएको छ । यसबाट नयाँ जोस जनतामा आएको छ । पार्टीलाई गति दीने र पार्टीलाई सुव्यवस्थित ढङ्गबाट चलाउने सभापति शेरबहादुर देउवाले म सँग कमिटमेन्ट गर्नु भएको छ ।

सोही अनुसार मैले दोस्रो चरणमा समर्थन गरेको हुँ । प्रतिनिधिहरूले पनि देउवालाई धेरै अभिमत दिएका कारण  मैले देउवाजीलाई समर्थन गरे । यसलाई पनि बार्गेनिङ गर्‍यो भनेर गलत प्रचारमा हाम्रै साथीहरू लागेका छन् ।

प्रकाशमानले दाबी गरेका छन् । कुनै बार्गेनिङ गरेको छैन । उनले भनेका छन् म उपप्रधानमन्त्री  भएको, पटक पटक मन्त्री भएको मान्छे हुँ । के का लागि बार्गेनिङ गर्ने रु म अहिले आएका पार्टीका पदाधिकारी साथीहरूलाई बधाई दिन्छु ।

लोकतन्त्रमा विश्वास गर्ने पार्टीको क्याडर हुँ । लोकतान्त्रिक मूल्य र मान्यतामा म सधैँ अडिग छु । अन्याय र अत्याचार र पार्टीको हितका लागि लडिरहने समेत नेता सिंहले बताएका छन् ।

केटिएम खबर कर्मी सँग कुराकानीमा आधारित समाचार


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा