शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भुरा पार्टीको हिसाबै हुँदैन, काँग्रेस र एमाले चुनाव लड्दा हामी बहुमत ल्याउँछौँ : ओली


  • शुक्रबार, पुष २ २०७८
13.5K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले पार्टी पहिलो मात्रै नभएर बहुमत प्राप्त पार्टी बन्ने प्रक्षेपण गरेका छन् ।

प्रचण्ड र माधाव नेपालको नतृत्वको पार्टीलाई पार्टी नभएर झुण्ड भएको बताउदै आएका ओलीको संकेत मुख्य प्रतिस्पर्धा कांग्रेस संग हुने र एमालेले स्वत बहुमत ल्याउने दाबी गरेको देखिन्छ ।

साथै उनले सत्ता गठबन्धनका राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलन विरुद्धका गतिविधिको सामना गर्ने क्रममा आफ्नो शक्तिलाई थप सुदृढ र एकताबद्ध बनाउन सफल हुने समेत बताएका छन् । गठबन्धन सरकार तेसै अलोपृय रहेको र अफ्नो दल एमाले जनतामा लोकपृय रहेको ओलीको निचोड देखिन्छ ।

दशौं महाधिवेशनपछि पहिलो अन्तरपार्टी निर्देशन जारी गर्दै अध्यक्ष ओलीले एमालेले अघि सारेको नीति, कार्यक्रम र निर्णयहरु सफल कार्यान्वयन भए आगामी एक बर्षभित्र हुने तीनै तहका निर्वाचनमा एमाले पहिलो मात्र नभई बहुमत प्राप्त पार्टी बन्ने बताएका हुन् ।

अबको एकवर्ष भित्रमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाका निर्वाचनहरू आयोजना हुनेछन् । स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था छ’, ओलीले जारी गरेको पहिलो अन्तर पार्टी निर्देशनमा ९अपानि० भनिएको छ, ‘उल्लेखित निर्णयहरूको सफल कार्यान्वयनबाट हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ ।’ अध्यक्ष ओलीले त्यस दिशामा अग्रसर हुन सबै नेता कार्यकर्ताहरूलाई आह्वान समेत गरेका छन् ।

ओलीले मुलुकमा स्थाइत्व स्थापना हुन्छ भन्ने डरले प्रपन्च रचिरहेको बताउदै प्रचण्ड र माधव नेपाल अस्थिर खेलाडि भएको र उनीहरुले मुलुकमा स्थिरता नचाहेको बताउदै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा