नेकपा एमालेले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी पास सांसदबाट गर्ने भए गठबन्धन सरकाको गठबन्धन भत्काउनु पर्ने सर्त अगाडि सारेको छ । गठबन्धनको भारी बोकेर सरकार एमसीसी पास गराउन लागे आफ्नो पार्टीलाई मान्य नहुने ओलीको ठहर छ ।
चलिरहेको सांसदबाट एमसीसी पास गराउन सहयोग गर्न अनुरोध गर्न गएका काँग्रेस नेताहरूलाई ओलीले एमसीसी पास गराएर चुनाव तिर मुलुक लाने हो भने गठबन्धन भत्किनु पर्ने सर्त अगाडि सारेका छन् ।
ओलीले एमसीसी अनुमोदन गरेलगत्तै चुनावमा जाने वातावण बनाउनुपर्ने बताएको कांग्रेस नेताहरुको भनाइ छ । ‘हामीले संसदबाट एमसीसी अनुमोदन गराउन सहयोग गर्नुस् भनेका थियौं,’ एमाले अध्यक्ष ओलीसित संवादमा रहेका एक कांग्रेस नेताले भने, ‘उहाँले तपाईंहरुले गठबन्धनको भारी बोकेर नहिँड्नुस्, एमसीसी पास गरौं र चुनावमा जाऔँ भन्नुभएको छ, एमसीसी संसदमा पेश त गर्छाैं त्यसपछि के हुन्छ ठेगान छैन ।’
अध्यक्ष ओलीले २५ गते भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि एमसीसी अनुमोदन गर्न सहयोग गर्ने संकेत गरेका थिए । ओलीको चाहाना एमसीसी पास गर्ने देखिए पनि सरकारको गठबन्धन भत्काएर मात्र एमसीसी तिर लाग्ने उनको लक्षण देखिन्छ । समाजवादी र प्रचण्ड नेतृत्वको माओवादी उपर धेरै खनिने गरेका ओलीलाई हर हालतमा गठबन्धनबाट दुई पार्टीलाई अलग्याएर चुनावमा नाङ्गे झार पार्ने रणनीतिमा ओली रहेको बुझ्न सकिन्छ ।
नेपालका प्रधानमन्त्री र दलहरुले सकरात्मक संकेत गरेकै कारण वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय गर्न थप समय दिएको छ । गत महिना नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसीबारे निर्णय गर्न नेपाललाई १४ डिसेम्बर अर्थात् मंसिर २८ गतेसम्मको समय दिएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।