शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

विश्वप्रकाश-गगनले जित्दा पराजित प्रदीप पनि खुसिले गदगद !


  • बिहिबार, पुष १ २०७८
12.4K
SHARES

फाइल तस्विर

काँग्रेस महामन्त्रीमा पराजित बनेका नेता प्रदीप पौडेलले विजयी भएका नेताहरू गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आफूले हार बेहोर्नु परे पनि उहा हरुले जित्दा खुसी भएको प्रतिक्रिया दिएका छन् ।

मेरो राजनीतिक उन्नतीमा उहाँहरुको सहयोग छ । उहाँहरु निर्वाचित हुँदा म खुशी छ’, अन्तिम नतिजा आएपछि पार्टी कार्यालय सानेपाबाट बाहिरिने क्रममा उनले भने, ‘ चुनावमा जितिन्छ भनेर नै प्रतिस्पर्धामा जाने हो । चुनावी प्रक्रियामा उहाँहरुले विजय हासिल गर्नुभयो बधाई छ ।’

उनले काँग्रेसमा पुस्तान्तरण भएको भन्दै अब वैचारिक रुपान्तरण पनि गर्न जरुरी रहेको बताए । ‘काँग्रेसमा पुस्तान्तरण भएको छ, अब वैचारिक रुपान्तरण पनि गर्नुपर्छ । उहाँहरुलाई मेरो साथ सहयोग रहन्छ’, पौडेलले भने ।
पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी  ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् । त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित भए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा