शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

भाषण र सामाजिक सञ्जालले बनायो सबैभन्दा चर्चित, गगनले ल्याए देउवाले भन्दा बढी मत


  • बिहिबार, पुष १ २०७८
15K
SHARES

नेपाली काँग्रेसका युवा नेता गगन थापाले महामन्त्री जितेका छन् । मत परिणाम आधिकारिक घोषणा नभए पनि गगन थापाले महामन्त्री पद जितिसकेका छन् ।

काँग्रेस पार्टी भित्र र आम युवा जमातमा पहिल्यै चर्चित नेता गगन थापा भाषण र सामाजिक सञ्जालको भरपुर सदुपयोगका कारण देउवाले भन्दा बढी मत प्राप्त गरेर महामन्त्री जितेका हुन् ।

कांग्रेस १४ ‌औं महाधिवेशन अन्तर्गत महामन्त्रीको मत गणना अहिले अन्तिम चरणमा पुगेको छ। नेता गगन थापाले देउवा भन्दा धेरै मत ल्याएर जितेका छन् ।

गगन र विश्वको समर्थनमा सयौँ नेता कार्यकर्ता सानेपा पुगेर नारा लगाइरहेका छन् राजनीतिमा क्रान्ति, गगन विश्व महामन्त्री भन्दै युवाहरू जितको खुसीयाली मनाएको सानेपामा दृश्य देख्न सकिन्छ ।

शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेद्वार बनेका गगन थापाले जित हासिल गरे पनि नेता शेखर कोइराला भने देउवा सँग पराजय हात पारेका छन् । गगन थापाको उदय सँगै काँग्रेस युवाहरूमा जोस देखिएको छ ।

अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन्।गगनले कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत पाएका छन्। उनले खसेको मतको झन्डै दुई तिहाइ मत पाए भने विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ। कूल ४६८२ मत खसेको थियो। अन्तिम परिणामको औपचारिक घोषणा हुन बाँकी छ।

तेस्रो स्थानमा रहेका प्रकाशशरण १५५६ मत पाएका छन् भने प्रदीप पौडेलले १३९३ मत ल्याएका छन्। मीनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०६ मत आएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा