नेतृत्व परिवर्तनको मुद्दा जोड बलका साथ उठेको अवस्थामा सभापति परिवर्तन नभए पनि महामन्त्रीमा नया तथा लोकप्रिय युवा नेताको उदय हुने निश्चित बनेको छ । गगन थापा महामन्त्री बन्ने निश्चित भएको छ । त्यस्तै विश्वप्रकाश शर्मा पनि जितको नजिक पुगेका छन् ।
नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाको जित निश्चित भएको छ । दुई लोकप्रिय नेताहरू महामन्त्रीमा जित्ने देखिए सँगै काँग्रेस कार्यकर्तामा नयाँ उत्साह थपिएको छ ।
गगन थापासँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित भएको हो । महामन्त्री पदमा गगन थापा पछि दोस्रो धेरै मत ल्याएर उनी महामन्त्रीमा निर्वाचित हुने निश्चित भएको हो । उनले तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतले भन्दा ३६९ मत बढी ल्याएका छन् । ४३९० मत गणना हुँदा गगन थापाले २८२३ र विश्वप्रकाश शर्माले १८२४ मत पाएका छन् । तेस्रो स्थानमा रहेका डा. महतले १४५५, प्रदीप पौडेलले १३०३, डा. मिनेन्द्र रिजालले ७५३ र राजाराम कार्कीले १०० मत पाएका छन् ।
शर्मालाई तेस्रो स्थानमा डा।प्रकाश शरण महतले पच्छ्याइरहेका छन् तर भेट्ने सम्भावना धेरे कम रहेको देखिन्छ ।
दुइृ युवा नेताको उदय सँगै काँग्रेस पार्टीमा नयाँ तरङ्ग सिर्जना भएको छ भने क्रयकर्तामा नयाँ जोस सिर्जना भएको छ । थापा शेखर कोइराला प्यानलबाट चुनाव लडेका हुन भने विश्व प्रकाश नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा चुनाव लडेका नेता हुन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।