शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

मिनेन्द्र रिजाल : महामन्त्रीमा राम धुलाईको लक्षण, रक्षामन्त्री बाटै राजीनामा गर्ने घोषणा !


  • बिहिबार, पुष १ २०७८
12.7K
SHARES

फाइल तस्विर

रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । काँग्रेस महामन्त्रीमा मतगणनामा राम धुलाई खाने लक्षण देखिए पछि सामाजिक सञ्जाल मार्फत राजीनामा दिने घोषणा गरेका हुन् ।

रिजालले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’

रिजालले महामन्त्रीको अन्तिम मतपरिणाम आएपछि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिने बताएका छन् ।

काँग्रेस महामन्त्रीमा जनतामाझ लोकप्रिय देखिएका युवा द्वय नेता विश्व प्रकाश शर्मा र गगन कुमार थापा अगाडि देखिएका छन् । प्रारम्भिक परिणाममै गगन थापा धेरै अगाडि देखिएका छन् भने विश्वप्रकाश शर्मा गगन भन्दा पछि पछि देखिन्छन् ।

नेतृत्व परिवर्तको मुद्दा उठाउँदै आएका नेता गगन थापा शेखर कोईरालाको समूहबाट प्रतिनिधित्व गर्छन् भने प्रवक्ता समेतको जिम्मेवारी पाएका विश्वप्रकाश प्रकाशमान सिंह समूहबाट महामन्त्री लडेका हुन् ।

आम जनता र काँग्रेस कार्यकर्तामा दुबै नेता लोकप्रिय छन् । मिनेन्द्र रिजालको अपेक्षा अनुरूप मत प्रतिनिधिले नहालेको बुझिएको छ । सभापतिमा शेरबहादुर देउवा नै दोहोरिएका छन् भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र शेखर समूहका धनराज गुरुङ यस अघि नै उपसभापति भई सकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा