शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

चार्जमा राखेको मोबाइलबाट करेन्ट लाग्दा बालकको मृत्यु


  • बिहिबार, असार २६ २०७६
26K
SHARES

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर झापामा एक जना विद्यार्थीको मृत्यु भएको छ।

चार्जमा रहेको मोबाइल हातले समाउन खोज्दा मोरङ रतुवामाई नगरपालिका वडा नम्बर १ घर भई गौरादह ८ स्थित मामाघरमा बस्दै आएका ६ वर्षीय रोशन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

मृतक बालक गौरीगञ्जस्थित ज्ञानोदय माविमा अध्ययनरत थिए।

महतोको बिहीबार बिहान करिब १० बजे मोबाइलबाटै करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्स्पेक्टर टेकेन्द्र पौडेलले पुष्टि गरे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा