नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा नेतृत्व परिवर्तनको मुद्दा खुब सुनिए पनि अन्तमा सभापतिमा शेरबहादुर देउवा नै दोहोरिएका छन् ।
सभापतिमा देउवा दोहोरिय सँगै काँग्रेस महामन्त्रीमा कसले बाजि मार्छ भन्ने विषय चासोका साथ हेर्न सुरु भएको छ । काँग्रेस महामन्त्रीमा काँग्रेसका युवा नेताहरूले उम्मेदवारी दिएका छन् ।
युवा नेता गगन थापा, प्रदीप पौडेल, विश्व प्रकाश शर्मा, प्रकाश सरण महत र मिनेन्द्र रिजाल महामन्त्रीको दौडमा चर्चाको सिखरमा छन् । महामन्त्रीमा उम्मेदवार दिने मध्य गगन र विश्वप्रकाश जनता र कार्यकतामा धेरै पपुलर छन् ।
प्रकाश सरण र मिनेन्द्र पनि कार्यकर्तामा भिजेका सम्भावना बोकेका नेता मध्य पर्छन् । त्यस्तै सिटौला खेमामा रहेका प्रदीपको चर्चा पनि कम छैन । महामन्त्रीमा पाँच उम्मेदवार नेताहरू मध्य दुई पदमा कसले बाजि मार्ला भन्ने विषय आम चासोको विषय बन्दै आएको छ । आज मध्यान्न बाट पदाधिकारीको मत गनिने बताइएको समयमा युवा नेताहरूलाई चासोका साथ हेरिएको छ ।
नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा नेतृत्व परिवर्तनको मुद्दा धेरै चर्चाको विषय बने पनि अन्ततः शेरबहादुर देउवा नै नेतृत्वमा पुगे सँगै कतै चर्चामा रहेका युवा नेताहरूको हालत पनि महामन्त्रीमा त्यस्तै त हुने हैन भन्ने चिन्ता नेता कार्यकर्तामा रहेको पाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।