शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गगन थापाको अपील : गल्ती गर्ने छुट छैन, अन्तर्मनको आवाज सुनेर निर्णय गरौं


  • मंगलबार, मंसिर २८ २०७८
7.6K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरुले पार्टी रुपान्तरण र नेतृत्व परिर्वतनको पक्षमा मत दिएको बताएका छन् ।

सभापतिको निर्वाचन दोस्रो चरणमा पुग्नु विद्यमान नेतृत्वको निरन्तरताको विपक्षमा मत प्रकट हुनु भएको भन्दै उनले भनेका छन्, ‘तपाईंहरुले पार्टी रुपान्तरणका लागि देखाउनुभएको यो अदम्य साहस र आँटको खुलेर प्रशंसा गर्दछु ।’

मंगलबार विहान सकिएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले धेरै मत पाएपनि बहुमत जुटाउन सकेनन् । अब दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । त्यसका लागि मतदान शुरु भएको छ ।

दोस्रो चरणको मतदानअघि डा. शेखरकोइरालाको पक्षमा भोट माग्दै सार्वजनिक अपील जारी गरेका थापाले अन्तरमनको आवाज सुनेर निर्णय लिन आह्वान गरेका छन् ।

महाधिवेशनपछि तीन चरणको चुनावमा होमिनुपर्ने र त्यो चुनाव पार्टी एक्लैले जित्ने बनाउन लाखौं मतदाता आकर्षित गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘संविधानको कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेथितीको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा बदल्न पनि नेतृत्वमा परिर्वतन अपरिहार्य छ ।’

उनले अघि भनेका छन्, ‘अहिलेकै कार्यशैली र नेतृत्वबाट यो भूमिका सम्भव होला त ? हामीले धेरै अलमल गर्ने समय छैन । तत्काल हामीले निर्णय लिनुपर्नेछ । आफ्नो अन्तर्मनको आवाज सुनेर निर्णय गर्ने बेला आएको छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा