शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सभामुखलाई ओलीको चेतावनी : आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला !


  • मंगलबार, मंसिर २८ २०७८
7.6K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने जनाएका छन् ।

आफूहरुले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म विरोध जारी रहने ओलीले बताए । मंगलबारको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो विरोधको कार्यक्रम निरन्तर रहने छ । हामी विरोधलाई अघि बढाउँछौं ।’

संसदमा विरोध जनाउँदा एमाले सांसदहरुलाई कारबाही गर्ने धम्की नदिन सभामुखलाई आग्रह गर्दै उनले उत्तेजनामा आए परिणाम नराम्रो हुने चेतावनीसमेत दिए ।

‘धम्की दिने जमाना थियो होला, अब धम्की नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन,’ ओलीले भने, ‘निकाल्छु भन्नेहरुलाई, कारबाही गर्छु भन्नेहरुलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई म आवेश उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा