शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

पोखरामा श्रीमतीको हत्या गरी जंगलमा, २५ दिन पछि अस्थिपन्जर फेला


  • बुधबार, असार २५ २०७६
34.8K
SHARES

पोखरा १० रामबजारमा बस्दै आएका एक युवाले श्रीमतीको हत्या गरेर जंगलमा फालेका छन् ।मकवानपुर घर भई पोखरा १० रामबजारमा मोवाईल पसल गरी बस्ने ३५ बर्षिय रमेश नेपालीले श्रीमती २८ बर्षिया लक्ष्मी नेपालीलाई हत्या गरी जंगलमा फालेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

असार १ गते श्रीमतीलाई औषधी गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा हत्या गरी फालेको अवस्थामा प्रहरीले अस्थिपन्जर फेला पारेको हो । सिद्धार्थ राजमार्ग करिब ५ सय मिटर तल पोखरा २२ पुम्दिभुम्दिको ठुल्ढुङगाको जंगलमा अस्तिपन्जर भेटिएको हो ।

कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्की सहितको टोलीले घटनाको अनुसन्धान थालेको छ । लक्ष्मीको अस्थिपन्जर बुधबार बिहान फेला परेको हो । लक्ष्मीका श्रीमान्ले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निबेदन दिएका थिए ।

कास्कीका प्रहरी प्रमुख कार्कीले परिवार कै सदस्यबाट महिलाको हत्या भएको थप अनुसन्धान भईरहेको बताए । शवलाई मुचुल्का गरी पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखीएको प्रहरीले जानकारी दिएको छ । श्रीमान्लाई हत्या आरोपमा पक्राउ गरि सकेको प्रहरीले जानकारी दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा