बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

देउवाको नजर चाक्सीबारीतिर, सिंहलाई भेट्न पुगे गृहमन्त्री खाँण


  • मंगलबार, मंसिर २८ २०७८
5K
SHARES

शेरबहादुर देउवा/ प्रकाशमान सिंह

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको प्रतिस्पर्धा हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको नजर प्रकाशमान सिंहतिर परेको छ ।

राष्ट्रिय सभागृहमा चलिरहेको मतगणना नसकिँदै गृहमन्त्री बालकृष्ण खाँण सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका छन् । भेटमा उनले सहयोग खोजेको बताइएको छ ।

सिंह पनि सभापतिका उम्मेदवार थिए । तेस्रो स्थानमा रहेका उनले ३७१ मात्र भोट पाए । चौथो स्थानमा रहेका विमलेन्द्र निधिले पनि २४९ मत पाएका छन् ।

दोस्रो चरणमा मतदान हुँदा २२५८ मत ल्याएका देउवा र १७४९ मत पाएका शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । यो अवस्थामा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए पुग्छ । जबकी शेखरलाई दुबैको समर्थन चाहिन्छ ।

देउवा समूह छाडेर सभापतिमा उम्मेदवारी दिएका निधिले देउवालाई समर्थन गर्ने सम्भावना कम छ । त्यसैले उनले सिंहको साथ खोजेका छन् । यद्यपि यसबारे गम्भीर छलफल गरेर मात्र निर्णय लिइने सिंहको समूहका एक नेताले सुनाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा