शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काँग्रेस सभापतिको मतगणना– देउवालाई ३ सय बढीको अग्रता


  • मंगलबार, मंसिर २८ २०७८
7.1K
SHARES

प्रधानमन्त्री शेर बहादुर देउवा । तस्विरः फाइल

सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।

अहिलेसम्म ३१७७ मत गनिसक्दा देउवाले १५०७ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ११६४ र प्रकाशमान सिंहले २५४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १९० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १६ मत मात्र प्राप्त भएको छ ।

सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा