शनिबार, साउन ९ २०८३
ताजा अपडेट

२७७७ मत गन्दा देउवालाई ४७.४६ प्रतिशत मत


  • मंगलबार, मंसिर २८ २०७८
5.1K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिएका छन्।

निर्वाचन समितिका अनुसार अहिलेसम्म २७७७ मतगणना सकिएको छ। यो गणनामा देउवाले ५० प्रतिशत मत कटाउँदा अग्रता कायमै राखेका छन्। देउवालाई कोइरालाले पछ्याइरहेका छन्।

मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको छ। मतगणनामा सुरुवाती अग्रता देउवाकै छ।

महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ।

कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५० प्रतिशतभन्दा बढी मत पुर्‍याउनुपर्छ।

कसले कति मत पाए?

शेरबहादुर देउवा : १३१८
शेखर कोइराला : १०२३
अन्य २७७७


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा