नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ४ हजार ६७९ मत खसेको छ ।
आइतबार मध्यान्ह सुरु भएको मतदान राति पौने १२ बजेतिर मात्र सकिएको थियो । महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधि थिए, जसमध्ये ६४ जनाले मतदान नगरेको मुख्य सचिव कृष्ण पौडेलले बताए ।
राति १ बजेदेखि सभापतिका उम्मेदवारहरुले पाएको मतको गणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।
कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।