बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

काँग्रेसको चुनावमा २ बजेसम्म ६०० मत खस्यो


  • सोमबार, मंसिर २७ २०७८
6.8K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि जारी चुनावमा सोमबार दिउँसोसम्म ६०० मत खसेको छ । निर्वाचन समितिका सदस्य तेज रावलले दिउँसो २ बजेसम्म ६०० प्रतिनिधिले मतदान गरेको जानकारी दिए ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका सभापतिका प्रत्यास शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधिसहित उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले मतदान गरिसकेका छन् ।

अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा