बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

एमालेको स्थायी कमिटी : हिक्मत कार्कीदेखि प्रभु साहसम्म


  • आइतबार, मंसिर २६ २०७८
14.1K
SHARES

फाइल तस्विर

नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका हुन् । त्यसक्रममा अध्यक्ष ओलीले १९ पदाधिकारीसहित २६ जना समेटेर स्थायी कमिटीको प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले बताए ।

उनका अनुसार स्थायी कमिटीमा नेताहरु घनश्याम भुसाल,गुरु बराल, देवराज घिमिरे, भीमप्रसाद आचार्य,लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारी, रघुजी पन्त प्रस्तावित नाम हुन् ।

त्यसैगरी भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की पनि स्थायी कमिटीमा प्रस्ताव भएका छन् । पूर्व माओवादीतर्फबाट मणिचन्द्र थापा र प्रभु साह पनि स्थायी कमिटीमा समेटिएका छन् । प्रस्तावित नाममाथि जारी केन्द्रीय कमिटी बैठकमा छलफल जारी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा