शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

निधिले भने : पहिलो चरणमा कसैले जित्दैन, दोस्रो चरणमा देउवाविरूद्ध मोर्चाबन्दी


  • आइतबार, मंसिर २६ २०७८
8.3K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पहिलो चरणमा कसैले पनि सभापति नजित्ने दाबी गरेका छन्।

आज भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याउने दाबी गरेका छन्।

‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन,’ निधिले भने, ‘त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ। त्यसबेला देउवाइतर रहेका हामी सबै एक हुन्छौं।’

दोस्रो चरणमा सभापतिका लागि मतदान गर्ने स्थिति बनेमा आफूसहित सभापतिका अन्य उम्मेदवारहरूले शेखर कोइरालालाई सघाउने दाबी उनको थियो।

साथै उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले सर्वसम्मत सभापति उम्मेदवार बनाउन आग्रह गरेको पनि बताएका थिए। उनले अझै केही दिन निर्वाचन कार्यक्रम पर सारेर पौडेललाई सर्वसम्मत सभापति बनाउन सकिने तर्क गरेका थिए।

निधिले प्यानलसहित उम्मेदवारी दिएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा