आसन्न नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी महाधिवेशनमा केन्द्रीय सभापतिको लागि छ जना नेताहरूले मनोनयन दर्ता गराएका छन् ।
छ जना मध्य पाँच जना बहुसंख्यक नेपाली जनताले सुनिरहेका सभापतिको दाबेदार छन् । तर काँग्रेस नेता युवराज न्यौपाने आम सर्वसाधारणको नजरमा नपरेका नयाँ अनुहार हुन । उनको कहि पनि कुनै पनि मिडियामा यो महाधिवेशन भन्दा अगाडि अनुहार देखिएको थिएन ।
गोर्खा जिल्लामा जन्मेका न्यौपाने विगत लामो समय देखि काँग्रेस पार्टीमा क्रियाशील नेता हुन । गोर्खाबाट महाधिवेशन प्रतिनिधिमा जितेर केन्द्रमा आएका न्यौपाने नेपाली काँग्रेसमा २० वर्षदेखि क्रियाशील रहँदै आएको र पार्टीको विधानले दिएको अधिकारअनुरूप पार्टी सभापतिको उम्मेदवार बनेको बताउँदै आएका छन् ।
सभापतिमा तित्ने सम्भावना हुँदै नभएका न्यौपाने किन सभापतिको आकाङ्क्षीको रूपमा आए भन्ने नै अनौठो रहेको काँग्रेस कार्यकर्ता भन्ने गर्छन् । लोकप्रियताका लागि आएको हुनसक्ने समेत बुझाई रहँदै आएको छ ।
तर उनी गगन थापा निकट मानिने सोत बताउँछ । गगन थापाकै रणनीतिक चाल अनुरूप सभापतिको डमी म्यान्डेट बनाएर संस्थापन इतरको भोट काट्ने रणनीति होकि भन्ने आंकलन समेत केही काँग्रेस नेता कार्यकर्ताको बुझाई छ ।
काँग्रेस स्रोतका अनुसार गगन थापाले आफु हर हालतमा जित्न र प्रकाशमान लाई तेस्रो बनाउन भोट काट्ने रणनीतिक चाल रहेको बताउँछन् । तर स्वयम न्यौपाने भने काँग्रेसले दिएको विधान अनुरूप लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शका खातिर उम्मेदवारी दिएको बताउँदै संस्थापन वा संस्थापनइतर कुनै पक्षमा पनि नलागेको दाबी गर्दै आएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।